व्यतिरेक
ना. [सं.]
- परस्पर नमिल्ने विरोधी गुण वा कुरा; अन्तर; भेद।
- अन्वयभन्दा भिन्न प्रक्रिया; अतिक्रमण।
- केही धर्मका आधारमा समान उपमान, उपमेयमा उपमानभन्दा केही गुणको आधिक्य वा न्यूनता भई वैधर्म्य वा फरक बुझिएमा हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)