व्यभिचार

ना. [सं.]

  1. अनुचित वा खराब काममा लाग्ने प्रवृत्ति; अनाचार; दुराचार; दुश्चरित्रता।
  2. परस्त्री वा परपुरुषसँग हुने अनुचित यौन सम्बन्ध; (रन्डीबाजी, वेश्यावृत्ति आदि)।
  3. मर्यादा आदिको अतिक्रमण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)