व्यवस्थापन
ना. [सं.]
- कुनै कामकुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम; तरतर्जुमा।
- कुनै वस्तु, मालसामान आदिलाई यथास्थान र यथाक्रम राख्ने काम।
- कुनै कुरो वा समस्याको टुङ्गो लगाउने काम; निर्धारण; निर्णय; निश्चय।
- कुनै विषयमा नियमकानुन बनाउने काम वा विधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)