व्युत्पत्ति

ना. [सं.]

  1. प्रकृति र प्रत्ययको विभाजनपूर्वक शब्दको विग्रह गर्ने क्रिया; कुनै शब्दको प्रकृति, प्रत्यय र त्यसको मूल रूपको निरूपण गर्ने क्रिया।
  2. व्युत्पत्तिप्रक्रियाको ज्ञान।
  3. छन्द, व्याकरण, कला, लोकस्थिति, परपदार्थको विज्ञान आदिबाट गरिने योग्यायोग्यको विवेक।
  4. विशेष किसिमबाट भएको उत्पत्ति; उत्पत्तिको प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)