शकुन्तला

ना.

  1. विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रद्वारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री। (मेनकाले स्वर्ग फर्कँदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र शकुन्त (पक्षी) हरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ)।
  2. कण्व ऋषिकी धर्मपुत्री, दुष्यन्तकी रानी र भरतकी आमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)