शक्ति
ना. [सं.]
- तन, मन वा धनका रूपमा रहने सामर्थ्य; जोड; बल; तागत; पराक्रम।
- राज्यमा रहने प्रमुख तत्त्व (प्रमुख उत्साह, मन्त्रणा आदि)।
- सक्रिय दैवी सामर्थ्यका रूपमा रहेका देवपत्नी वा स्त्रीदेवता (इन्द्राणी, वैष्णवी, ब्रह्माणी, ब्रह्मवादिनी, कौमारी, नारसिंही र वाराही)।
- ईश्वरीय प्रकृति वा माया।
- शब्दका विविध अर्थ बुझाउने तीन सामर्थ्य वा अर्थशक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
- वाष्प, ऊर्जा वा बिजुलीबाट पैदा हुने सामर्थ्य; क्षमता।
- भग; योनि (तन्त्रमा)।
- प्रहार गरिने अस्त्र (भाला, बर्छा आदि)।
- वास्तु वा मूर्तिमा नौ अमल बराबरको नाप; नौ अङ्गुल; मात्राको नौगुना बराबरको नाप; प्रादेश, सूत्र, ग्रह वा द्वार बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)