शिथिल

वि. [सं.]

  1. राम्ररी नकसिएको; खुकुलो (गाँठो, कुरो आदि)।
  2. कामले साह्रै थाकेको वा गलेको; लस्त।
  3. आज्ञा वा नियमविधानको राम्रो पालना नभएको।
  4. दह्रो नभएको; दुर्बल।
  5. छरितोसँग काम गर्न नसक्ने; जुम्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)