शिरोमणि

ना. [सं.]

  1. शिरमा धारण गरिने मणि वा रत्न।
  2. कुनैकुनै हात्ती, नाग आदिको शिरमा पाइने मणि।
  3. कुनै विषयका विशिष्ट विद्वान्लाई दिइने सम्मानद्योतक उपाधि (जस्तो-कविशिरोमणि, इतिहासशिरोमणि, सङ्गीतशिरोमणि इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)