शीतल

वि. [सं.]

  1. जलवायुका संयोगले वा तापक्रम घट्नाले आनन्दलाग्दो भएको; शरीरलाई सन्च लाग्ने स्थितिको; ठिक्क खालको चिसो।
  2. नतात्ने वा नजङ्गिने; सौम्य; नरम (स्वभाव)।
  3. नदुखाउने; सन्चो लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)