शुद्ध
वि. [सं.]
- धुलोमैलो, मिलावट आदि नभएको; स्वच्छ; निर्मल; चोखो; पवित्र।
- छलकपट केही नभएको; निष्कपट।
- दाग वा दोष नभएको; निष्कलङ्क; निर्दोष।
- त्रुटि वा अशुद्धिरहित (वर्ण, शब्द, वाक्य, भाषा आदि); ठिक।
- केही नजान्ने वा धनजन केही नभएको; सुदाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)