शुनःसेप

ना. [सं.]

  1. अजीगर्तनामक वैदिक ऋषिका माहिला छोरा; एक वैदिक ऋषि; (यिनलाई हेला गरेर शुनःसेप अर्थात् 'कुकुरको पुच्छर' भन्ने नाम राखिएको थियो। राजा हरिश्चन्द्रले नरबलि दिन लागेर पनि शुनःसेपले ईश्वरको स्तुति गरी आफूलाई उम्काएपछि विश्वामित्रले यिनलाई धर्मपुत्र बनाएर 'देवरात' भन्ने नाम राखेका थिए)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)