शैली
ना. [सं.]
- विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति; काम गराइको ढाँचा; परिपाटी; छाँटछन्द।
- असल शीलस्वभाव भएका व्यक्तिबाट हुने कुरो।
- कुनै सिद्धान्त जस्तै भएर आएको रीति वा चलन।
- साहित्यिक रचनामा लेखकका व्यक्तित्वगत विशेषताको छाप दिने वा विषयवस्तुका अनुकूल भाव अभिव्यक्त हुने खास ढाँचा। (सरल शैली, तार्किक शैली, आलङ्कारिक शैली आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)