श्रद्धा
ना. [सं.]
- देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति उत्पन्न हुने आदरपूर्ण भावना; ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रतिको सद्भाव; आस्था; निष्ठा; विश्वास; भक्तिभाव।
- उत्कट वा प्रबल इच्छा; चाहना; सर्धाइँ (विशेषतः गर्भिणी स्त्रीको)।
- वैवस्वत मनुकी पत्नी।
- अत्रि ऋषिकी पत्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)