श्रम
ना. [सं.]
- कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवननिर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम; मिहिनेत; परिश्रम।
- कुनै कामका निम्तिको मानवीय चेष्टा; प्रयत्न; प्रयास।
- काम गर्दा लाग्ने थकाइ; थकान; ग्लानि।
- शरीरको कसरत; व्यायाम।
- घामपानीमा तप्ने काम; असिनापसिना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)