श्री

ना. [सं.]

  1. विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिका शक्ति वा पूर्णताद्वारा झल्कने शोभा; कान्ति; दीप्ति।
  2. छेलोखेलो धनसम्पत्ति; ऐश्वर्य।
  3. धनकी प्रतीक लक्ष्मी।
  4. विद्या तथा गुणकी प्रतीक सरस्वती।
  5. कुनै महिमा वा गौरवको चिह्न; यश।
  6. सजावट; सिँगार।
  7. औडव जातिअन्तर्गत पर्ने, शास्त्रानुसार सूर्यास्तपछि र विशेषतः हेमन्त ऋतुमा गाइने एक रागको नाम।
  8. एउटा गुरुवर्णबाट एक पाउ बन्ने उक्ता जातका छन्दको एक भेद (जस्तो- आ। खा। जा)।
  9. पुरुषका नाम अगाडि लगाइने शुभ तथा आदरसूचक शब्द (जस्तो- श्री कोमलप्रसाद, श्री वसन्तविक्रम इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)