श्रीवल्ली
ना. [सं.]
- पानका जस्ता ठुलठुला, हरिया पात हुने र क्रमशः फैलिँदै जाने प्रसिद्ध लहरो (मनीप्लान्ट)। (यसको फेदमा पानी हाल्दा सरेर टुप्पाबाट झर्ने गर्छ। अचेल यो सुन्दरताका निम्ति र पैसा फलाउँछ भन्ने विश्वास वा लच्छिनका रूपमा कौँचा र गमलाहरूमा लगाई घरका वरिपरि, बरन्डा तथा ढोका र कोठामा समेत सजाइएको देखिन्छ)।
- पनेरको बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)