श्रीवत्स
ना. [सं.]
- पुराणअनुसार विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पादचिह्न।
- पुरुषका छातीमा कमै पाइने दाहिनेबाट घुमेको रौँको चक्राकार चिह्न।
- पहिले काठमाडौँ उपत्यकाका राजाहरूमा चलेको र बाकुपौमा लाग्दा पछिसम्म कानुनी मान्यता पाएको देखिने छाप; हे. 'बाकुपौ' पनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)