श्रुति

ना. [सं.]

  1. सुन्ने इन्द्रिय; कान।
  2. सुन्ने काम वा कुरो; श्रवण।
  3. वेद।
  4. सङ्गीतमा स्वरभेद वा स्वरको अन्तराल। (सात मूल स्वरका प्राचीन आचार्यका मतानुसार बाइस र आधुनिक पद्धतिअनुसार अठार श्रुतिभेद मानिएका छन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)