श्रुत्यनुप्रास

ना.

  1. एउटै स्थानबाट उच्चारण हुने वर्णको बारबार प्रयोग हुँदा पर्ने एक शब्दालङ्कार। (उदा.- मर्‍यो ताल्चा लाल्चा उपर पर निन्दा पर सर्‍यो/निराशाले आशा उपर अति खासा घर गर्‍यो।-लेखनाथ पौडेल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)