षडङ्ग

ना. [सं.]

  1. वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष- यी छवटा प्रमुख अङ्ग वा शाखा।
  2. राजनीतिका सन्धि, विग्रह, ढुकाइ, आक्रमण, तटस्थता र शरण- यी छवटा मुख्य चाल।
  3. शरीरका दुई खुट्टा, दुई हात, टाउको र धड- यी छवटा मुख्य अवयव।
  4. गाईको गोबर, गहुँत, दुध, दही, घिउ र गोरोचनसमेत छ थरी उपयोगी पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)