संयोग
ना. [सं.]
- दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व एक साथ मिल्ने वा जोरिने काम; मिश्रण; मेल।
- अकस्मात् हुने मिलन; अचानकसित हुने भेट।
- स्त्रीपुरुष वा प्रेमीप्रेमिकाको मिलन।
- मैथुन; रतिक्रीडा; सम्भोग।
- वैवाहिक सम्बन्ध।
- विशेष परिस्थितिबाट मिलेको अवसर; मौका।
- आकस्मिक रूपले परिआउने वा मिल्ने घटना; आकस्मिकता; भवितव्य।
- समान उद्देश्यका निम्ति कुनै दुई थरी व्यक्ति, पक्ष, राष्ट्र आदिको हुने मेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)