संरूप

ना. [सं.]

  1. भाषाविज्ञानमा भाषाको मुक्त वा आबद्ध रूपमा आउने अर्थपूर्ण न्यूनतम एकाइ; रूपखण्ड; रूपिम (जस्तै-'दाँत्+ई=दाँती, दँत्+अन्तृ=दन्ते; दन्+आसो=दनासो'मा दाँत्, दँत् र दन् संरूप हुन्।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)