संवरण
ना.
- रोज्ने काम; छनोट; छनाइ।
- विवाहका निम्ति योग्य वर छान्ने काम; वरण।
- ढाक्ने काम; छोपाइ।
- लुकाउने काम; ढाकछोप।
- छोप्ने वस्तु; आवरण।
- पुराणमा वर्णित सूर्यकी पुत्री तपतीसित विवाह गर्ने एक प्रसिद्ध राजा।
- वरणी गर्ने बेलामा कन्याका पिता र दुलाहाका बिचमा पर्दा टाँगी पढिने कथा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)