संस्करण

ना. [सं.]

  1. कुनै वस्तुलाई परिष्कार गर्ने काम; परिष्कृति।
  2. कुनै वस्तु ठिकठाक पार्ने काम; तयारी।
  3. पुस्तकपुस्तिका आदिको खेपैपिच्छेको नयाँ प्रकाशन वा मुद्रण; आवृत्ति।
  4. सिलसिला मिलाउने काम; क्रमबद्धता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)