संस्कार

ना. [सं.]

  1. अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम; सुधार; शुद्धता।
  2. कुनै वस्तुको मरम्मत; जीर्णोद्धार।
  3. पवित्र पार्ने काम; संशुद्धि।
  4. खाने कुरा पकाइ तुल्याइ गर्ने काम।
  5. भाँडाकुँडा आदिको सरसफाइ।
  6. रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा।
  7. वैदिक विधिअनुसार गरिने ब्राह्मण जातिका सोह्र संस्कार वा कृत्य (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, केशान्त, उपनयन, वेदारम्भ, समावर्तन, विवाह र अन्त्येष्टि)।
  8. अन्त्येष्टि क्रिया; दाह-संस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)