सङ्कट

ना. [सं.]

  1. कुनै आपत्विपत्को स्थिति; साह्रै अप्ठ्यारो अवस्था; कष्ट; कठिनाइ।
  2. जोखिम; डर।
  3. दुई ठुलठुला जल वा स्थल भागलाई जोर्ने घाँटी।
  4. सङ्कीर्ण; साँघुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)