सङ्कलन
ना. [सं.]
- कुनै वस्तु, सरसामान आदि जम्मा गर्ने वा थुप्र्याउने काम; सङ्ग्रह; बटुलाइ।
- कुनै रचना आदिका उपयोगिताको दृष्टिले समेत छनोट गरी एक ठाउँमा भेला पार्ने काम; सँगालो।
- गणितमा अङ्कहरू जम्मा गर्ने प्रक्रिया; योग; जोड।
- मिल्ने काम; सङ्गम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)