सङ्कल्प

ना. [सं.]

  1. कुनै इच्छा साकार पार्ने अठोट वा कुनै काम गर्ने दृढ निश्चय; मनको आँट; मनसुबा।
  2. देव कार्य तथा पितृकार्य गर्दा जजमानले जौ, तिल, कुश र पानी हातमा लिएपछि पुरोहितद्वारा पढिने प्रतिज्ञावाक्य वा दानवाक्य।
  3. फलको आशाले कुनै धार्मिक वा पुण्यकार्य गर्ने दृढता।
  4. तत्काल उपस्थित कुनै समस्याका बारेमा निर्णय गरी परिणाम निकालिने आकस्मिक प्रस्ताव।
  5. उद्देश्य; लक्ष्य; विचार; आकाङ्क्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)