सङ्क्रान्ति
ना. [सं.]
- सूर्य वा अरू कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा जाने काम वा त्यसरी प्रवेश गर्ने समय।
- कुनै एक अवस्था वा बिन्दु पार गरी अर्को अवस्था वा बिन्दुमा पुग्ने मार्ग।
- स्थानान्तरण।
- सौर महिनाको पहिलो दिन; एक गते; सग्राँती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)