सङ्गति

ना. [सं.]

  1. मिल्ने वा जोरिने काम; मेलमिलाप; सम्बन्ध।
  2. ठिक्क मेल खाने प्रक्रिया (लिङ्ग, वचन, पुरुष आदिको)।
  3. कुनै क्रमबद्ध कुरा; सिलसिला; प्रसङ्ग।
  4. सहवास; समागम।
  5. उपयुक्तताका दृष्टिले हुने भेला; सभा; सङ्घ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)