सचिव

ना. [सं.]

  1. कार्यपालिकालाई सहयोगसल्लाह दिँदै आन्तरिक कार्यसञ्चालन गर्ने, मन्त्रिमण्डलले गरेको निर्णयलाई कार्यान्वित गराउने विशिष्ट तहको कर्मचारी।
  2. कुनै सङ्घसंस्थाका कार्यको संयोजन तथा निर्णय आदि क्रियान्वित गराउने एक प्रमुख पद।
  3. कुनै प्रमुख व्यक्ति वा उच्च तहका अधिकारीको पत्रव्यवहार, जनसम्पर्क, व्यवस्थासञ्चालन आदि काम गर्ने निजी सहायक (पी. ए.)।
  4. मन्त्री; अमात्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)