सत्य

वि. [सं.]

  1. जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्थ।
  2. पत्याउन सकिने; विश्वस्त; इमान्दार।
  3. सद्गुणसम्पन्न; धर्मात्मा।
  4. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग।
  5. पुराणअनुसार पृथ्वीउँभोको सात लोकमध्ये सबभन्दा माथिल्लो लोक।
  6. वास्तविक वा प्रामाणिक सिद्धान्त।
  7. साँचो कुरो वा स्थिति; यथार्थता; साँचोपन।
  8. कुनै कुरो पूरा गर्न बोलिने वचन; कबुल; प्रतिज्ञा।
  9. कसैलाई विश्वस्त पार्न किरिया हाल्दा व्यक्त हुने शब्द; सत्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)