सधाउनु
स.क्रि. [साध्+आउ+नु]
- कुनै काममा तालिम गर्नु वा शिक्षा दिई त्यसैअनुसार काम गर्ने बनाउनु।
- शिल्प आदि कार्यमा हात बसाउनु।
- घोडा, हात्ती, गोरु आदि पशुलाई आफूले चाहेअनुसार हिँड्ने वा काम गर्ने पार्नु।
- कुनै काममा लाग्न जिउलाई बानी पार्नु; सुधार्नु।
- पुरानो वा बिग्रेको वस्तुलाई नयाँ वा काम लाग्ने बनाउनु; सच्याउनु।
- लगानीमा गएको वा डुबेको धन उठाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)