सन्दर्भ
ना. [सं.]
- कुनै लेख; रचना, पुस्तक आदिको विषय-प्रसङ्ग।
- लेख, कुरो, वर्णन आदिको क्रम वा सिलसिला।
- मिलाएर गाँस्ने वा टाँक्ने काम।
- साहित्यिक कृति वा रचना; लेख, निबन्ध आदि।
- कुनै गूढ कुरा प्रस्ट पार्ने ग्रन्थ।
- फैलाउने काम; विस्तार।
- सम्मिश्रण; सङ्ग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)