सन्धान
ना. [सं.]
- जोर्ने वा मिलाउने काम; सम्बन्ध, मेल।
- मिसाइने वस्तु, काम वा कुरो; मिसावट; मिश्रण।
- खोज्ने, पत्ता लाउने काम; खोजी; अन्वेषण।
- हतियार आदिको ताकिने वा हिर्काइने साधन (काँड, घुयेँत्रो, मट्याङ्ग्रो, गोली आदि)।
- खान रुचि जगाउने चखिलो स्वादिलो वस्तु; अचार।
- जोर्नी; सन्धि।
- एकाग्रता।
- स्वर आदिको साधन।
- आसव झिक्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)