सन्धि

ना. [सं.]

  1. परस्परमा मिल्ने काम; मेलमिलाप; मित्रता; मैत्री।
  2. दुई वस्तुका माझको खाली ठाउँ; अन्तर।
  3. दुई वा त्यसभन्दा बढी वस्तु वा अवयव जोडिएको ठाउँ; जोर्नी; गाँस।
  4. मर्मस्थल; जननेन्द्रिय आदि।
  5. परस्परको विरोध हटाई मेलमिलापसँग रहन तथा सहयोगी हुन दुई राष्ट्र वा समूहका बिचमा गरिएको मैत्रीपूर्ण वाचा-बन्धन; सम्झौता।
  6. एक अवस्था वा युगको समाप्ति भई अर्को अवस्था वा युगको प्रारम्भ हुने समय।
  7. व्याकरणमा नियमले उच्चारण गरिने ठाउँका अघिल्लो शब्दको अन्त्य वर्ण र पछिल्लो शब्दको आदि वर्ण केही परिवर्तित भई एकरूप भएर मिल्ने काम वा नियम।
  8. नाटकमा प्रधान कुरासँग सम्बन्धित कथाको पाँच अवान्तर सम्बन्ध (मुख, प्रतिमुख, गर्भ, विमर्श, र निर्वहण)।
  9. चोरले घरमा घुस्नका निम्ति खनेको सुरुङ वा प्वाल; सेँध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)