सप्तर्षि
ना. [सं.]
- प्रसिद्ध सात ऋषिहरूको समूह (गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वसिष्ठ, कश्यप र अत्रि; अथवा मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलस्त्य र वसिष्ठ)।
- आकाशमा उत्तरतिर देखिने ध्रुवतारालाई परिक्रमा गरिरहेका सातवटा ताराको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)