सफाइ
ना. [सफा+आइ]
- सफा हुने छाँट; शुद्धता।
- सफा, सुग्घर गर्ने काम।
- कुनै अपराधीलाई लागेको खतबात, मुद्दा आदिको निर्णय भई दोष वा अभियोग मेटिएर हुने छुटकारा; दोष वा अभियोगबाट हुने मुक्ति; पार पाउने वा निर्दोष साबित हुने काम।
- हातको चतुर्याइँ; हातसाफ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)