सबुत/सबुद
ना. [अ. सबूत]
- मुद्दामामिला, झैझगडा आदिमा दसीप्रमाण, साक्षीसरजमिन, लिखतकागत आदि सबै कुरा ऐनले निर्देशित गरेअनुसार बुझ्न सकिने अवस्था वा तिनको समष्टि रूप (उदा.- सबै सबुत बुझेर फैसला भएमा नै ठिक न्याय पाइन्छ)।
- कुनै कुराको यथार्थ प्रमाण वा निस्सा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)