सम

वि. [सं.]

  1. घटीबढी, लामोछोटो, ठुलोसानो आदि नभएको; बराबर; समान; सदृश; तुल्य।
  2. सम्म परेको; समथर।
  3. कसैको ओड नलिने; निष्पक्ष; तटस्थ।
  4. जोर सङ्ख्या वा गन्ती (जस्तो-२, ४, ६, ८ आदि)।
  5. योग्य वस्तुको अनुरूप प्रशंसा गर्दा पर्ने एक अर्थालङ्कार।
  6. सङ्गीतमा लय तथा तालको विश्राम हुने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)