समयतालिका

ना.

  1. रेल, मोटर, बस, हवाईजहाज आदि यातायातका साधनको पुग्ने र छुट्ने, पढाइ, परीक्षा, खेल आदिको सुरु हुने र सकिने, कुनै समारोह, कार्यक्रम वा विषयको सञ्चालन हुने आदि समयको निर्धारित सूची; समयसूची।
  2. खास योजना वा कार्यक्रम सञ्चालन गर्न व्यवस्थित रूपमा बाँडफाँड गरिएको समयविवरण; समयसारिणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)