समय

ना. [सं.]

  1. घडी, पला, दिनरात, बिहानबेलुकी, गते, तिथि, वार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अवस्था।
  2. कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको काल वा बेला।
  3. कुनै कामकाजको बखत; बेला; मौका; अवसर।
  4. बचेको वा खाली भएको क्षण, फुर्सद; अवकाश।
  5. कुनै प्रवाहक्रममा चलेको नियम; प्रथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)