समष्टिवाद
ना.
- व्यक्तिलाई प्रधानता नदिई सामाजिक र सामूहिक नियन्त्रण नै मानवीय विकासका निम्ति अनिवार्य मानिने तथा देशको शासनव्यवस्था वा सम्पूर्ण उत्पादन र उत्पादित वस्तुहरूको अधिकार समष्टि रूपमा जनताको हातमा हुनुपर्छ भन्ने राजनीतिक सिद्धान्त वा विचारधारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)