समानान्तर
वि. [सं.]
- दुवै कोण वा छेउ बराबरीको फरकमा रहेको; समान्तर।
- रूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको; बराबरीको; समस्तरीय।
- केही कुरामा समान भए पनि केही कुरामा भिन्न पनि रहेको; प्रतियोगी।
- पहिले समान स्रोत, इतिहास, ध्येय आदि भए पनि पछि टुक्रिई वा फाटी मूल संस्था, धारा आदिको प्रतिरूपमा आएको (संस्था)।
- कुनै व्यक्ति वा कुराको विकल्पका रूपमा पेस भएको वा उभिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)