समापवर्तन
ना. [सं.]
- प्राचीन हिन्दु परम्पराअनुसार ब्रह्मचर्याश्रममा रही वेदवेदाङ्गको अध्ययन पूरा गरी गुरुकुलको ब्रह्मचर्याश्रमबाट गृहस्थाश्रममा फर्कने क्रिया; द्विजातिका षोडश संस्कारमध्ये एक।
- गएको ठाउँबाट फर्केर आउने क्रिया; पुनरागमन; प्रत्यागमन।
- विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिका परीक्षामा समुत्तीर्ण भएका स्नातकहरूलाई उपाधि वितरण गर्ने कार्य; उपाधि वितरणोत्सव; दीक्षान्त समारोह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)