समायोजन
ना. [सं.]
- कसैलाई वा कुनै कुरालाई वातावरण, परिस्थिति आदिको अनुकूल बनाउने काम; वातावरण, परिस्थिति आदिसँग मिल्दोपन।
- आवश्यक परेका वा खोजेका बेला पाइने गरी मालसामान जोरजाम गर्ने वा जगेडा राख्ने काम।
- संयोजन; सन्तुलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)