सम्प्रदाय

ना. [सं.]

  1. पुरानो समयदेखि गुरुशिष्यपरम्पराका रूपमा प्रचलित विशेष धर्म वा मत; गुरुपरम्पराबाट प्राप्त उपदेश वा धर्म।
  2. कुनै गुरुपरम्परामा दीक्षित भई विशेष किसिमको धर्म अँगाल्ने व्यक्तिहरूको समुदाय; एउटै धर्म वा मतका अनुयायी।
  3. एउटै सिद्धान्त, मत, विचार वा विश्वास भएका मानिसहरूको वर्ग, कुनै मतावलम्बीहरूको समुदाय।
  4. कुनै परम्परागत प्रथा; रीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)