सम्प्रदान

ना. [सं.]

  1. फिर्ता नलिने गरी कसैलाई कुनै वस्तु दिने काम।
  2. व्याकरणमा दिने अर्थ बुझाउने वा लागिको सङ्केत गर्ने कारक; चतुर्थी विभक्ति हुने कारक। (जस्तो- म रामलाई पुस्तक दिन्छु, तिमी गाईलाई घाँस देऊ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)