सम्बोधन

ना. [सं.]

  1. कसैलाई बोलाउने वा पुकार्ने काम।
  2. व्याकरणमा कसैले कसैलाई आफूतिर आकृष्ट गर्न वा बोलाउन प्रयोग गरिने एक विभक्ति (हे, ए आदि)।
  3. कुनै विशिष्ट व्यक्तिद्वारा कुनै सङ्घ, संस्थासँग सम्बन्धित वा सभा आदिमा उपस्थित जनसमुदायसमक्ष भाषण गर्ने काम।
  4. बिउँझाउने काम; सम्झाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)