सम्यक्
वि. [सं.]
- सुहाउँदो बुझिँदो; मुनासिब; ठिक; उचित; उपयुक्त।
- सबै; सम्पूर्ण; सारा; समस्त।
- मिलाएर; राम्ररी। ना. ३. महायानी बौद्धधर्मानुसार हरेक बाह्र, पाँच वा तीन वर्षमा समर्थ व्यक्तिले काठमाडौँमा मनाउने, राजालाई समेत उपस्थित गराई बुद्धको र राजाको पनि पूजा गरी त्यसपछि भोजसमेत गराई सम्पन्न गरिने एक प्रकारको धार्मिक उत्सव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)